बारा । बारा र रौतहट जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा लागेको आगलागीमा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारा जिल्लाको महागढीमाई नगरपालिका ७ बेनौली बस्ने श्यामल कुमार गिरीको घरमा बुधबार बिहान विद्युत सर्टका कारण आगलागी भएको हो । उक्त आगलागीमा करिब ११ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहट जिल्लाको राजपुर नगरपालिका ३ डमार टोल बस्ने ३८ वर्षीय शेख मोजरे आलमको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको र दुवै घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।






