सिराहा । सिराहा नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम ८२० मिलिग्रामसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका १७ पटेर्वा बस्ने २५ वर्षीय राम जिवन यादव र २७ वर्षीय दिपक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले लागूऔषध ओसारपसार गरिरहेको सूचनाका आधारमा खोजतलास गर्दा ब्राउनसुगर जस्तो पदार्थ फेला परेको हो । हाल पक्राउ परेकाहरू र बरामद वस्तुहरू प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




