महोत्तरी । महोत्तरीको औरही नगरपालिका १ औरही चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले बिहिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बेताली ५ पातेपुर बस्ने २७ वर्षीय गोबिन्द कुमार चमार र २१ वर्षीय एकवाल महोम्मद रहेका छन् ।
प्रहरी चौकी औरहीबाट खटिएको टोलीले बर्दिबासबाट औरहीतर्फ आउँदै गरेको बीआर ३० ए ०६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान अघि बढाइरहेको छ र अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको बताइएको छ ।






