रौतहट । गौर नगरपालिका ५ हनुमान चोक बस्ने बिरेन्द्र चौरसियाको आफ्नै घरमा सञ्चालन भइरहेको सिरक डसना पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ । घटना शनिबार दिउँसो घटेको हो ।
आगलागीमा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको छ र आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।






