जनकपुरधाम । धनुषामा वडाध्यक्षलाई गोली हानी हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका ९ बस्ने २८ वर्षीय पप्पु यादव र २८ वर्षीय मनोज कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादु बमले मिथिला बिहारी ९ का वडाध्यक्ष विन्देश्वर यादवलाई होली हानी हत्या गरेको आरोपमा हालसम्म चार जनालाई पक्राउ गरिएको छ ।
गत शुक्रबार साँझ पौने ७ बजेको समयमा मिथिला बिहारी अन्दुपट्टी स्थित श्राद्धको भोजमा दुई पक्षबीच बादविवाद भई एक आपसमा झै–झगडा हुँदा सोही क्रममा वडाध्यक्ष यादवको छातीमा गोली हानी हत्या गरिएको थियो ।
यस घटनामा प्रहरीले प्रादेशिक अस्पताल जनकपुरधामबाट मिथिला बिहारी ९ का ३० वर्षीय धर्मनाथ यादव र सप्तरीमा कार्यरत्त रहेका प्रहरी सहायक हवल्दार ३५ वर्षीय शम्भु कुमार यादवलाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




