धनुषा । धनुषाको विदेह नगरपालिका १ बाट अवैध लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका ७ किसानपुर बस्ने २५ वर्षीय सिकेन्द्र रामलाई आइतबार साँझ करिब ८ ग्राम २ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ठाडिझिझाबाट खटिएको टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेको अवस्थामा रामलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ र संलग्न अन्य व्यक्तिहरु तथा लागूऔषधको स्रोत पत्ता लगाउन थप छानबिन जारी राखिएको छ ।






