कैलाली । धनगढी उपमहानगरपालिका १३ श्रीलङ्काबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका १३ बस्ने ३५ वर्षीय लक्ष्मण धामी र ३२ वर्षीय सरोज धानुक रहेका छन् । प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






