सिराहा । सिराहाको कर्जन्हा नगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १५ ग्राम ६ सय मिलिग्राम पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले बा प्र ०३–००१ ख २६५४ नम्बरको काठमाडौंतर्फ गइरहेको बसमा चेकजाँच गर्ने क्रममा लहान नगरपालिका १ लहान मटेरवा टोलका २२ वर्षीय अमित यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादव बसमा सवार अवस्थामा शंकास्पद देखिएपछि चेकजाँच गर्दा उनको साथबाट सो लागूऔषध फेला परेको हो । पक्राउ परेका यादवलाई आवश्यक कारबाही तथा विस्तृत अनुसन्धानका लागि प्रहरी कार्यालयमै राखिएको प्रहरी स्रोतले जनाएको छ ।






