सिराहा । सिराहाको सुखीपुर नगरपालिका ८ क्याम्पस मोडस्थित सडकमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्र २–०१–००१ ह ०१२० नम्बरको अटोले ठक्कर दिएपछि सोही स्थानका ५५ वर्षीय दिलिप राम गम्भीर घाइते भएका थिए ।
घाइते रामलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




