महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका १ खैरवामा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । ५२ वर्षीय रामनारायण यादवलाई बुधबार दिउँसो आफ्नै घरमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
विद्युतीय तराजुको प्लग स्विच बोर्डमा जोड्ने क्रममा यादवलाई अचानक करेन्ट लाग्र्दा उनी गम्भीर रूपमा घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गम्भीर घाइते अवस्थामै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको भएपनि मृत्युबाट जोगाउन सकिएन । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




