बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २१ थानिमाईस्थित सडकमा बा प्र ०१-००१ प १७०४ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय रंजित कोतवालको बिहिबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




