धनुषा । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । आइतबार बिहान मिथिला नगरपालिका २ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको थियो ।
बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको हो भने श्रीमान् घाइते भएका छन् । कारको ठक्करबाट साइकलमा सवार जिल्लाकै मिथिला नगरपालिका १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो ।
कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन् । अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




