सिराहा । सिराहाको लहान नगरपालिका १ ट्राफिक चोकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ४ किलो ४ सय ५० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका ९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका २ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना ५ ख ३२०९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक टंक र सहचालक खेमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




