रौतहट । रौतहटको गौर नगरपालिका ५ डेरा गरी बस्ने मौलापुर नगरपालिका ४ पतौरा टोल घर भएका सुनिल साहको छोरा ५ वर्षीय रितिक कुमार साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
गौर नगरपालिका ८ स्थित निर्माणाधीन घरको छतमा खेल्ने क्रममा घर नजिकै रहेको विद्युतको पोलको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




