बारा । बारा र सप्तरीमा छुट्टाछुट्टै आगलागी घटनामा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बारा जिल्लाको पचरौता नगरपालिका १ पिपरपाती टोलका भागरित महतोको गोठमा शनिबार राति अचानक आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिए ।
यस्तै, सप्तरीको कञ्चनरूप नगरपालिका ८ गुवास टोलमा महमद महमुदको घरमा विद्युत् सर्ट लागेर गएराति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दुवै ठाउँमा स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।






