रौतहट । रौतहटको राजपुर नगरपालिका १ बहुअर्वा टोल बस्ने फुल महमद धोवीको ४ वर्षीया छोरी साहाना खातुन आइतबार दिउँसो सोही ठाउँस्थित खाल्टोको पानीमा डुबेर मृत्यु भएको छ ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया टोल बस्ने श्रवण मुखियाको १ वर्ष ६ महिनाको छोरा प्रियान्स मुखिया पनि आइतबार दिउँसो सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको छ ।
यस सम्बन्धमा दुवै ठाउँमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




