रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरस्थित जगत पेट्रोल पम्प अगाडि धान बोकेको ट्रक दुर्घटना भएको छ । बिहानै उक्त ट्रक दुर्घटना भएको हो ।
ट्रक सडक छेउतिर एकाएक अनियन्त्रित भएर पल्टिएको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ । दुर्घटनाको कारण प्रारम्भिक रूपमा ब्रेक फेल हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले भने पूर्ण विवरण संकलन भइरहेको र चालक तथा सहचालकको अवस्था बारे थप जानकारी पछि उपलब्ध गराउने जनाएको छ ।




