सर्लाही । तीन वर्षअघि मलेसिया पुगेका सर्लाहीका एक नेपाली युवकको मृत्यु भएको छ । गोडैता ११ सिसौटिया घर भएका २३ वर्षीय केशव झाको शुक्रबार मृत्यु भएको हो ।
उनी मलेसियाको सेलेङरस्थित हाइकम यामाहा कम्पनीमा कार्यरत थिए । बिहिबार कम्पनीमा काम सकेर कोठा पुगेका उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
झाको शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ । घटना बारे मृतकको परिवारलाई जानकारी गराइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याइने छ ।




