कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ झिङगास्थित सडकमा अनटेष्ट लेखिएको ई-रिक्सा र लु ४२ प ४३५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका ४ मुझनिया बस्ने ३५ वर्षीय राम कुमार चमारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना मध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुमा उपचार भइरहेको छ ।
यस्तै ई-रिक्सा चालकको जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




