सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ५ पडरिया टोल बस्ने श्री पासवानको घरमा विद्युत सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






