सप्तरी । सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नाबालिका बिच्चलीमा परेकी छन् । प्रेममा फँसाएर बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएर छाडेपछि उनी बिच्चलीमा परेकी हुन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का २२ वर्षीय परमेश्वर कुमार मुखियाले नाबालिकालाई प्रेममा फँसाएर बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएर छाडेका हुन् ।
झापाको बिर्तामोडमा सडक मर्मत कार्यको रेखदेख गर्दै आएका परमेश्वरले पहिलेदेखि आफूलाई प्रेम गर्दै आएको र मङ्सिर ६ गते बिहे गर्ने भनेर बिर्तामोड बोलाई दुई दिनसम्म त्यही राखेर शारीरिक सम्बन्ध स्थापित गरेको पीडित नाबालिकाले बताइन् ।
“तिमीसँग बिहे गर्छु भन्दै बिर्तामोड बोलाएर शारीरिक सम्पर्क गर्यो, पछि जन्मदर्ता प्रमाणपत्र ल्याउनुपर्छ भन्दै मलाई भारदहसम्म ल्याएर त्यहि छोडिदियो ।’’ नाबालिकाले भनिन् ।
दुई दिनपछि घर आएकी नाबालिककासँग बुबाआमाले सोधखोज गरेपछि घटना बाहिरिएको हो । नबालिकाका बुबाआमाले परमेश्वरका बुबाआमासँग बिहे बारे कुरा गरेपनि अस्वीकार गर्दा छोरी बिचल्लीमा परेको पीडितका बुबा बताउँछन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटना बारे जाहेरी आएको र त्यसलाई आवश्यक कारबाही प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर पठाइएको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।




