बारा । विगतमा उत्तरी सीमा नजिकका बस्तीमा देखिने घटना अहिले दक्षिणी सीमाका गाउँमा समेत देखा पर्न थालेको छ, जसले सुरक्षा चुनौती निम्त्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, प्रहरीले करैयामाई गाउँपालिका १ हरैया गाउँमा अनुसन्धान गर्दा जाकिर हुसैनले आफ्नी नाबालिक छोरीलाई चीनको गान्सु प्रान्तका २२ वर्षीय निउ युबिनसँग विवाहको नाममा फकाएको फेला परेको छ ।
प्रहरीले विवाहको समयमा दुवैलाई नियन्त्रणमा लिएको हो । भाषा र जातको अनमेलका कारण उत्पन्न समस्या र बालविवाहको उद्देश्य बुझ्न अनुसन्धान जारी छ । बारा जिल्ला अदालतले आवश्यक अनुसन्धानका लागि दुवैलाई पाँच दिनको म्याद थप गरेको छ ।
निउ युबिन पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक हुन् । प्रहरीका अनुसार, उत्तरी सीमामा देखिएका चिनियाँ संजाल अब दक्षिणी सीमा क्षेत्रमा समेत फैलिँदैछ, जसले नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूमा सुरक्षा जोखिम बढाएको छ ।
प्रहरीका सूचना अधिकारी एवम् डिएसपी विजयराज पंडितका अनुसार घटना सार्वजनिक भएसँगै अनुसन्धान टोली सक्रिय छ र आवश्यक कानुनी कारबाही अगाडि बढाइरहेको छ ।




