बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेकी छिन् । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
सिमराबाट जितपुरतर्फ जाँदै ना ३ त १०९८ नम्बरको ट्याक्टरले सोही दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट गुडिरहेको साइकलमा ठोकिन पुगेको थियो ।
घटनामा मोटरसाइकल चालक ज्योतिसहित पछाडी सवार जितपुरसिमरा ७ की आस्था गुप्ता र साइकल चालक जितपुरसिमरा २ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका छन् । घाइतेमध्ये ज्योतीको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेको उपचार भइरहेको बाराका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए ।




