रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल आपसमा ठोक्किँएको थियो ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
दुर्घटनामा परी जिल्लाको वृन्दावन नगरपालिका २ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको छ । दुर्घटनापछि घाइते भएकाहरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
उपचारकै क्रममा साँझ सवा ५ बजेतिर चिकित्सकले पटेललाई मृत घोषणा गरेको थियो । मृत्यु पटेलले नै चलाएको मोटरसाइकलमा सवार उनका तीन बालबालिका घाइते भएको छन् ।
घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।
घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुर्घटनाका कारण बारे थप अनुसन्धान भइरहेको छ ।




