सप्तरी । सप्तरीको डाक्नेशरी नगरपालिकामामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ कविलासा घर भएका दिपेन चौधरीको दुई वर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
आफ्नै घर पछाडी कलको पानी जम्मा भएको खाल्टोमा आइतबार डुबी घाइते भएका रियान्सलाई उपचारका लागी युके मेमोरियल अस्पताल पातो लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार आवश्यक कानुनी प्रकिया पूरा गर्नुका साथै घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।




