एजेन्सी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै त्यहाँका राष्ट्रपति, राजनीतिज्ञ, कलाकार लगायत ठुलाठुला व्यक्तित्वहरु देश छोडेर भागिरहेका छन् । सर्वसाधारण नागरिक पनि देश छोडेर भाग्ने कोशिस गरिरहेका छन्, तर उनीहरुको प्रयास असफल भइरहेको छ । पछिल्लो समय तालिबानले देश छोडेर भाग्न खोज्नेलाई समेत कुटपिट गरिरहेको खबर बाहिरिएको छ ।
यस्तै एक अन्तर्वार्तामा तालिबानी एक सांसद अनारकली कौर हुनरयार तालिबानका विगतका अत्याचार सम्झिएर रोएकी छिन् । भारतीय एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले ती पुराना दिनहरु सम्झिएकी हुन् । अफगानिस्तानबाट भागेर भारत पुगेकी उनले रुँदै भनिन्– ‘तालिबानले देश कब्जा गरेपछि त्यहाँबाट भाग्न नपाएका नागरिकहरु त्रासमा बाँचिरहेका छन् । आशा गरौँ उनीहरुका साथ कुनै अन्याय हुनेछैन । म त के सन्देश दिउँ, मसँग केही छैन अहिले । म स्वयम् देश छोडेर आएकी छु । मलाई आफ्नो देशको धेरै याद आइरहेको छ ।’

तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँका महिलाहरु असुरक्षित महसुस गरिरहेका छन् । तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँका महिलाहरु असुरक्षित महसुस गरिरहेका छन् । महिलाको अधिकार सुरक्षित गर्ने दाबी गरेपनि विगतमा तालिबानले गरेको अत्याचार सम्झिएर उनीहरु त्रसित छन् । तालिबानी हमलामा ज्यान बचाएकी एक महिलाका अनुसार तालिबानको सजायमा महिलाको शरीर कुकुरलाई खुवाइन्छ ।
अफगानिस्तानको गजनी प्रान्तमा अघिल्लो वर्ष तालिबान लडाँकुले ३३ वर्षीय खतेरालाई गोली हानेका थिए । यस हमलामा उनी बल्लतल्ल बाँचिन् । खतेराका अनुसार तालिबानको नजरमा महिला केवल मासुको पुत्ला हो, जसमा जीवन छैन । उनीहरुलाई केवल मारिन्छ, पिटिन्छ । हमलापछि उनको आँखा निकालियो । उनी नोभेम्बर २०२० मा दिल्लीमा आफ्नो उपचार गराउन पति र बच्चाको साथमा बसिरहेकाे एक टिभी च्यानलको रिपोर्टमा उल्लेख छ ।

उनको पीता तालिबानका एक पूर्व लडाँकु थिए, जसले उनीमाथि हमलाको षडयन्त्र रचेका थिए । खतेरा अफगानिस्तान प्रहरीमा नोकरी गर्थिन् । तालिबानले गत वर्ष अक्टोबरमा तालिबानले उनीमाथि नराम्रोसँग कुटपिट गरेको थियो, जतिबेला उनी दुई महिनाको गर्भवती थिइन् । नोकरीबाट घर फर्कने क्रममा उनलाई तालिबानी लडाँकुले रोके । उनीहरुले पहिले उनको आइडी चेक गरे र गोली हाने । उनको शरीरमा आठ गोली लाग्यो । चारैतिर चकु प्रहार गरे । जब उनी बेहोस् भइन् तब तालिबानले उनको आँखामा चकुले प्रहार गरेर मर्नका लागि छोडिदिए ।
खतेरा भन्छिन् – ‘तालिबान पहिले हामी महिलालाई प्रताडित गर्छ र सजायका रुपमा हाम्रो शरीरमाथि हमला गर्छन् हतियारले । कहिलेकाहीँ हाम्रो शरीर कुकुरलाई पनि खुवाउँछन् । म भाग्यशाली थिएँ, यसकारण बाँचेँ । अफगानिस्तानमा तालिबानको शासनमा रहनुपर्छ । कल्पना गर्न पनि मुश्किल छ कि त्यहाँ महिला, बालबालिका र अल्पसंख्यकमाथि के-के अत्याचार भयो ।’






