रौतहट । रौतहटको राजपुर नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नगरपालिकाका सवारी चालक रोज कमरुल होदाको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो ।
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै सवारी चालक होदाको निधन भएकाले आइतबार एक दिनका लागि नगरपालिका कार्यालय तथा मातहतका कार्यालय बन्द रहने जानकारी दिए ।
नगरपालिकाले सवारी चालक होदाको निधन प्रति दुःख समेत व्यक्त गरेको छ । सवारी चालक होदाको गएको शुक्रबार राति ९ बजेको समयमा निधन भएको थियो ।




