सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित राजविराज नगरपालिका ११ बस्ने २९ वर्षीय राम कुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को १ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
प्रहरीले गाँजासहित चालक राम कुमारलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






