रौतहट । रौतहटको चन्द्रपुर वडा नं. ४ मा बेवारिसे अवस्थामा शव फेला परेको छ । चन्द्रपुर ४ पूर्व पश्चिम राजमार्गबाट अन्दाजी ४० मिटर दक्षिण भित्री सडक खण्डमा शनिबार बिहान पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
हाल नाम थर बतन नखुलेको अन्दाजी ६० वर्षीय वृद्ध जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गले जानकारी दिए ।




