सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लामो समयदेखि बन्द रहेको सेवाहहरु सञ्चालनमा आएको छ । अस्पतालमा लामो समयदेखि बन्द रहेका एचडीयु र एनआइसीयु सेवा बुधबारदेखि सञ्चालनमा आएको हो ।
अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ्ग कर्मचारी, पारामेडिक्स तथा अन्य कर्मचारीहरूको सक्रिय सहयोग, समन्वय र प्रतिबद्धताका साथ सफलतापूर्वक उक्त सेवाहरु सञ्चालनमा ल्याइएको मेडिकल सुपरिन्टेन्डेन्ट अवधेश कुमार मिश्रले जानकारी दिए ।
नवजात शिशु तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा महत्त्वपूर्ण मानिने एडडीयु र एनआइसीयु सेवा पुनः सञ्चालनमा आएपछि अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीहरुलाई ठूलो राहत पुग्ने उनले विश्वास व्यक्त गरे ।
सेवा सञ्चालनमा सहयोग पुर्याउने सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर सहकार्यको अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।




