रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा गएराती स्यालको टुकाइबाट ५ जना मानिस घाइते भएका छन् । बिहिबार राति पैदल हिँडिरहेका मानिसहरूमाथि एक्कासी बौलाएका स्यालले आक्रमण गर्दा ५ जना बाटो हिड्ने दुर्गा भगवती २ र ३ नम्बरका बासिन्दा घाइते भएका हुन् ।
घाइते भएकाहरुलाई शुक्रबार प्रादेशिक अस्पताल गौरमा एन्टि रेबिज भ्याक्सिनको लागि बुझिएको छ । दुई दिनअघि गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोकाईबाट ५० जना बालबालिका, वृद्ध वृद्धाहरु घाइते भएका थिए ।
चिसो मौसममा हुस्सु लागेको अवस्थामा स्याल र कुकुर लगायतका जनावरको आक्रमणबाट जोगिन सावधानी अपनाएर बाटो हिड्नु पर्ने देखिन्छ ।




