सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा घुर ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । नगरपालिकाको वडा नम्बर १ स्थित खोक्सरमा घुर ताप्ने क्रममा स्थानिय ६० वर्षीया भुलन देवी ठाकुर जलेर घाइते भएकी हुन् ।
आइतबार आफ्नै घरभित्र घुर बालेर आगो ताप्ने क्रममा लगाएको साडीमा अचानक आगो सल्कँदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
आगलागीबाट ठाकुरको दुबै हात, दुबै खुट्टा, पेट तथा पछाडिको ढाड गरी करिव ४० प्रतिशत शरिर जलेको छ । घाइते ठाकुरलाई उपचारका लागि टिचिङ अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।




