सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १० स्थित जिरोमाईल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
मंगलबार राति इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले ३८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ३ निवासी २५ वर्षीय अभिषेक साह र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ९ टारी निवासी ३२ वर्षीय एलेक्स आले रहेका छन् ।
प्रहरीका अनुसार बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरू लागूऔषधसहित फेला परेका हुन् ।
यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






