सुर्खेत । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ८ खजुरा बस्ने दैलेख भैरवी गाउँपालिका ६ घर भएका ३५ वर्षीय मणिराम गौतमलाई मंगलाबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गौतमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






