रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ । जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । जसमा ९ सय ३६ महिला र ५ हजार ३ सय ४८ पुरुष रहेका छन् ।
रौतहटमा निर्वाचन सुरक्षाका लागि ३ हजार ९ सय ५१ जना म्यादी प्रहरीको आवश्यकता रहेको भन्दै यसअघि नै सूचना आह्वान गरिएको थियो ।




