चरिकोट । जिरी–चरिकोट सडक खण्डमा जमेको तुसारोका कारण बागमती प्रदेश ०६–००१ ज ०२८८ नम्बरको ईभी भ्यान दुर्घटनामा परेको छ । प्रहरी र स्थानीय स्रोतका अनुसार, भ्यान काठमाडौंबाट चरिकोटतर्फ आउँदै गर्दा भिमेश्वर नगरपालिका ९ आहाल डाडामा जमेको तुसारोमा चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनामा सवारी साधन क्षतिग्रस्त भएपनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । प्रहरीले जिरी–चरिकोट सडक खण्डमा सवारी आवागमनमा असुविधा हुन सक्ने भन्दै सुरक्षित रूपमा यात्रा गर्न सचेत गराएको छ ।






