सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । गाउँपालिकाको वडा ५ स्थित मझाउ टोलमा पोखरीमा डुबेर स्थानीय १६ वर्षीया पूजाकुमारी साहको मृत्यु भएको हो ।
घर नजिकै रहेको मजैलाल मण्डलको पोखरीमा कपडा धुनेक्रममा बिहिबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए । उनले घटना बारे थप अनुसन्धान भइरहेको बताए ।




