सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ जमदहका रमेश बानियाँकी छोरी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएको आक्रोशमा आफन्तले मंगलबार गोलबजारमा प्रदर्शन सुरु गरेका छन् । यसअघि पीडितका आफन्तले सोमबार साँझ पनि सडक अवरुद्ध पारेका थिए ।
पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव हराएपछि आक्रोशित स्थानीयले अस्पताल प्रमुखसहित सम्वन्धित निकायलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि लहान अस्पताल पठाएको थियो । उनका बुबा आमा रोजगारीको क्रममा भारतमा रहेकाले सोमबार आएर शव लिन अस्पताल पुग्दा फेला परेन ।




