काठमाडौं । भोजपुरमा छोराको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका २ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल छन् । तीन महिनाका छोरा सुवासको हत्या गरेको उनीमाथि आरोप छ ।
बिहिबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । सन्तबहादुरले मादकपदार्थ सेवन गरी बुधबार राति सुवासको हत्या गरेको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






