बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका अन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियरलाई घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण गरिएको चार कोठे भवनको अन्तिम भुक्तानी प्रक्रिया सहज बनाइदिने सर्तमा सेवाग्राहीसँग नगद मागिएको थियो ।
सोही क्रममा इन्जिनियर मोहन देव मल्लले एक लाख पचास हजार रुपैयाँ लिएको सूचनाका आधारमा आयोगको टोलीले कारबाही अघि बढाएको हो । घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।






