झापा । झापामा टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई दमक १ बरगाछीमा ठक्कर दिएको थियो ।
बुधबार साँझ भएको दुर्घटनामा इलामको चुलाचुली गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका ९ राटमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई पक्राउ गरिएको खड्काले बताए । मृतक दुवै युवकको शव पोस्टमार्टमको लागि दमक अस्पतालमै राखिएको छ ।






