सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको छिमेकी लघुवित्त वित्तीय संस्थामा बिहिबार दिउँसो लुटपाट भएको छ । लुटेरा समूहले लघुवित्तको कार्यालयमा प्रवेश गरी नगद रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाटपछि लुटेराहरूले लघुवित्तका कर्मचारीलाई कार्यालयभित्रै थुनी ढोकामा चुक्कुल लगाएर फरार भएका थिए । घटनापछि कर्मचारीहरूले चुक्कुल खोलेर बाहिर निस्किएपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारेको जनाएको छ ।
लुटिएको रकमको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको र दोषीलाई चाँडै पक्राउ गरिने प्रहरीको भनाइ छ ।




