बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ टोल सलेमपुरमा शुक्रबार पोखरीमा डुबेर एक ४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सागर ठाकुरका ४ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार शुक्रबार बिहान करिव १० बजे गाउँ नजिकैको पोखरीमा बालक मृत अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी पाउना साथ प्रहरी घटनास्थलमा पुगेर बालकलाई पोखरीबाट बाहिर निकालेको र आवश्यक प्रक्रिया पूरा गरी शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, बाराकै जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित कृषि अनुसन्धान केन्द्र नजिकको कुलोबाट एक पुरुषको शव बरामद भएको छ । स्थानीयले कुलोमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा शवको अवस्था हेर्दा करिव तीन चार दिनअघि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ । मृतकको पहिचान हालसम्म खुल्न नसकेको र घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




