रूपन्देही । रूपन्देहीको सियारी गाउँपालिका २ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दुई जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका ६ बेथरीका २५ वर्षीय उमेश राजभर र २२ वर्षीय आकाश पासी रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
लु २९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






