वीरगंज । वीरगंजको पटेर्वासुगौली गाउँपालिका १ मौलाटाँडी बस्ने २५ वर्षीय रोज मियाँ दर्जीले पासो लगाएर आत्महत्या गरेका छन् । उनलाई पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीयले देखेका थिए ।
जिप्रका, पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आइतबार बिहान घर नजिकको सफेदाको रूखमा मियाँ पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेको बताए ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




