बारा । बाराको सिम्रौनगढ नजिक सीमावर्ती भारतको घोडासहन ढाका सडकखण्डमा बुधबार तीव्र गतिमा रहेको एउटा स्कार्पियो गाडी रुखमा ठोक्किँदा तीन जनाको घटनास्थलमैं मृत्यु भएको छ ।
स्कार्पियो घोडासहन–ढाका सडकखण्डमा तीव्र गतिमा रहेको बेला महदेवा गाउँ नजिक मसानचोकनिर रुखमा ठोक्किँन पुग्दा सवारीमा सवार एकै परिवारका तीन जनाको घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सूचना अनुसार मृत्यु हुनेमा राजोपुर थाना क्षेत्रको एकै परिवारका तीन जना सदस्य रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरू पकडीदयाल गाउँमा जन्ती आएका थिए ।
मृतक तीनै जनाको सनाखत हुन सकेको छैन । दुर्घटनापछि चालक भने फरार भएको भारतीय प्रहरीले जनाएको छ ।




