महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ४ मझौरा गाउँमा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ । बिहिबार दिउँसो रोटाभेटरले काटेर दुई बालिकाको मृत्यु भएको हो ।
स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफिया खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
ज १ त ९७८२ नम्बरको ट्याक्टरमा बसाएर स्थानीय गरिव आलमको खेत जोतिरहेका बेला अचानक दुवै बालिका रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता भट्टले बताए ।




