रौतहट । जेनजी पुस्ताको आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भई बेपत्ता भएका लागुऔषध मुद्दाका एक कैदीबन्दीलाई रौतहटको चन्द्रपुरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति करिव साढे ९ बजे चन्द्रपुर नगरपालिका ४ ठाडा टोलका २७ वर्षीय सागर खाँती विकलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।
लागुऔषध मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका खाँती कारागारबाट फरार भई लुकीछिपी बस्दै आएका थिए । सशस्त्र प्रहरी बलको सुरक्षा बेस सन्तपुरबाट डीएसपी विश्वनाथ जिसीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका खाँतीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले जनाएको छ ।




