बारा । बारा जिल्लामा प्रहरीले दुई स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ मुसहर्वा चोकबाट एक जना र जीतपुरसिमरा उपमहानगरपालिका ७ बाट दुई जना पक्राउ परेका हुन् ।
विश्रामपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित पर्सा वीरंगज महानगरपालिका १६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना ६ प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बारा जीतपुरसिमरा उपमहानगरपालिका ७ बाट अफिम जस्तो देखिने पदार्थ ७ सय ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पुर्वी चम्पारण रक्शोल पनटोका पन्चायत १३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुर राक्सिराङ गाउँपालिका २ बस्ने ४८ वर्षीय कान्छा राम मुक्तान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






