पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको दाउन्ने सडकमा तेल बोकेको ट्रक दुर्घटनामा परेको छ । आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक सडकमा पल्टिएको इलाका ट्राफिक प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका ४ स्थित एस रोडमा ना ६ प ६५७५ नम्बरको ट्रक सडकमा पल्टिँदा तेल बाटोमा पोखिएको छ । कार्यालयका अनुसार तेल सडकमा पोखिँदा सडकमा जाम समेत भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






